मर्कन्टाइल कम्युनिकेसन प्रा लि को सौजन्यतामा नेपाली नागरिकता भएका व्यक्तिहरू र नेपालमा दर्ता भएका सङ्घ संस्थाहरूले register.com.np मार्फत निःशुल्क डोमेन नाम दर्ता गर्न सक्दछन्।यस लेखमा, हामी गुगल खाता दर्ता लगायत डोमेन दर्ताको प्रक्रियाको जानकारी प्रस्तुत गर्नेछौं ।
डोमेन नाम भनेको के हो? #
डोमेन नाम तपाईँको वेबसाइटको ठेगाना हो, जसलाई तपाईँको व्यवसाय वा व्यक्तित्वको अनलाइन पहिचान मान्न सकिन्छ। जस्तै, www.techforall.org.np, projecthelloworld.org, www.myhellohub.org
डोमेन दर्ता प्रक्रिया #
Register.com.np को माध्यमबाट डोमेन दर्ता गर्नका लागि तलका चरणहरू अनुसरण गर्नुहोस् ।
०. आवश्यक कागजातहरू #
- नेपालि नागरिकताको प्रमाणपत्रको डिजिटल प्रति ( अगाडि र पछाडि दुवैभाग एकै पृष्ठमा पर्ने गरि २०० KB भन्दा सानो साइजमा ) वा कम्पनि दर्ता प्रमाणपत्रको डिजिटल प्रति
- डोमेन दर्ता गर्न होष्टमास्टरलाई सम्बोधन गरि लेखिएको निवेदन पत्र (निवेदनको ढाँचा यहाँ उपलब्ध छ)
केहि सुझावहरू
- डोमेन नाम सरल, सम्झन सजिलो, र तपाईँको व्यक्तित्व/व्यवसायसँग सम्बन्धित हुनेगरी छनोट गर्नुहोस् ।
- सबै कागजातहरू स्पष्ट र ठूलो रिजोल्युसनमा स्क्यान गर्नुहोस् ।
१. गुगल खाता (Google Account) दर्ता गर्ने #
डोमेन दर्ताको लागि register.com.np मा गुगल खाता (Gmail) प्रयोग गर्नुपर्ने भएकाले, यदि तपाईँको गुगल खाता छैन भने तल देखाइए अनुसार नयाँ खाता खोल्नुहोस् ।
२. आवश्यक कागजातहरू तयार पार्ने र डिजिटल स्वरूपमा परिवर्तन गर्ने #
तपाईँले सबै आवश्यक कागजातहरूको डिजिटल प्रतिलिपि अपलोड गर्नुपर्दछ तसर्थ माथी उल्लेखित सबै कागजातहरू स्क्यान गरेर वा फोटो खिचेर JPEG स्वरूपमा सुरक्षित गर्नुहोस् र साईज पनि २०० के बि भन्दा सानो बनाउनुहोस् ।
यदि तपाईँको कागजातहरूको आकार २०० KB भन्दा ठुलो भएमा https://imageresizer.com/ मार्फत कागजातहरूको आकार घटाउनुहोस् ।
३. register.com.np मा डोमेन दर्ता गर्ने #
तपाईँको निवेदन स्वीकार भएमा, तपाईँलाई ईमेल मार्फत सूचना प्राप्त हुनेछ र स्वीकृत भएपछि, तपाईँको डोमेन, वेब होस्टिङ कम्पनि मार्फत DNS Configuration गरेर सक्रिय बनाउन सकिन्छ । नेपालको डिजिटल क्षेत्रलाई प्रवर्द्धन गर्ने यो सुविधा तपाईँको व्यवसाय र व्यक्तिगत पहिचानलाई विश्वभर फैलाउन महत्वपूर्ण कदम हुन सक्नेछ । आजै आफ्नो डोमेन नाम दर्ता गरेर आफ्नो अनलाइन यात्रा सुरु गर्नुहोस् ।